दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याङ्पोलमा पहिरोमा पुरिएर ४ महिनाकी एक शिशुको ज्यान गएको छ । ज्यान गुमाएकी शिशुकी आमा गम्भीर घाइते भएकी छन्।
आइतबार राति करिब ९ बजे माइतीबाट घर फर्कने क्रममा सडकमाथिबाट खसेको पहिरोले कालिञ्चोक–१ क्याङ्पोल निवासी १९ वर्षीया शर्मिला थामी र उनकी ४ महिनाकी छोरी एलिना थामीलाई पुरेको प्रहरीले जनाएको छ ।
उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै शिशु एलिनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी गम्भीर घाइते भएकी शर्मिलाको धुलिखेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया