logo

२०८२ चैत्र १४ शनिबार

logo
  • २०८२ चैत्र १४ शनिबार
  • कांग्रेस उमेदवार हराउन पार्टीकै ५७ जनाले प्रेम आलेसँग रकम लिएको आरोप संगै सुदूरपश्चिममा हलचल

    1.2KShares
    कांग्रेस उमेदवार हराउन पार्टीकै ५७ जनाले प्रेम आलेसँग रकम लिएको आरोप संगै सुदूरपश्चिममा हलचल

         काठमाडौं । फागुन २१ मा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले आफूलाई हराउन कांग्रेसकै ५७ जनाले रकम बुझेको आरोप लगाएका छन्। शाहको यो भनाइ संगै सुदूरपश्चिम कांग्रेसमा ठुलो हलचल मच्चिएको छ।

    शाह नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री हुन्। उनले एक संचारमाध्यममा दिएको अन्तर्वार्ता र आफ्नो फेसवकक वालपोष्टमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेम आले संग रकम लिएका कांग्रेसका नेताहरूको सूची आफू संग रहेको दाबी गरेका छन्। त्यसमा ५७ जना जिम्मेवार पदमा रहेका व्यक्तिहरूको नाम रहेको शाहले बताए ।

    ‘एउटा लिस्ट नै दिनुभयो। तपाईँका यी मान्छेहरूले मसँग आर्थिक सहयोग लिएका हुन्, मैले तपाईँलाई यो दिएँ, आइन्दा यसप्रति सतर्क रहनुहोला भन्नुभयो,’ उक्त अन्तर्वार्तामा शाहले भने, ‘५७ जना मान्छेहरू, जो जिम्मेवार पदमा छन्, ती सबैको त्यसमा संलग्नता छ। ’
    त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द विजयी हुँदा शाह फराकिलो अन्तरले दोस्रो भएका थिए। निर्वाचनको झण्डै दुई हप्तापछि जिम्मेवार पदमा रहेका नेताहरूले अर्का उम्मेदवारसँग पैसा लिएको आरोप लागेपछि कैलालीको कांग्रेसमा तरंग पैदा भएको छ।

     यसैबीच कांग्रेस कैलालीले एक विज्ञप्ति जारी गर्दै त्यस विषयमा स्पष्ट पार्न शाहलाई आग्रह गरेको छ। जिल्ला सभापति नारायण दत्त भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका केही नेता तथा कार्यकर्ताले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारसँग आर्थिक लेनदेन गरेको भन्ने आरोप सार्वजनिक भएको उल्लेख गरिएको छ।

    जिल्ला कार्यसमितिले उक्त विषयमा सत्य-तथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षसँग माग गरेको छ भने आवश्यक परे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने उल्लेख गरेको छ। कांग्रेस कैलालीका सभापति भट्टले जिम्मेवार व्यक्तिबाट ‘बोलिएको यस्तो अभिव्यक्ति पुष्टि गर्नुपर्ने बताएका छन्।
    ‘हामी सबै जिम्मेवार पदमा छौँ। ती ५७ जनाको नाम उहाँले सार्वजनिक गर्न

    हामी सबै जिम्मेवार पदमा छौँ। ती ५७ जनाको नाम उहाँले सार्वजनिक गर्नुपर्छ, ’ उनले नेपाल प्रेससँग भने, ‘जिम्मेवार पदमा बसेर गैरजिम्मेवार कुरा गर्न मिल्दैन। यस विषयमा उहाँले स्पष्ट पार्नै पर्छ। ’

    यता नेकपाका उम्मेदवार प्रेम आलेले पनि यस विषयमा चासो व्यक्त गरेका छन्। आफ्नो नाम जोडेर कांग्रेस उम्मेदवार शाहले गलत प्रचार गरेको भन्दै उनले त्यसमा सत्यता नभएको बताएका छन्।

    ‘म डोटीबाट यहाँ आएर निर्वाचन लडेको हुँ। कांग्रेसका ५७ जना त के, २० जनालाई पनि चिन्दिनँ। मैले कसैलाई पैसा दिएको छैन, ’ उनले भने, ‘त्यस्तो आरोपको प्रमाण दिनुपर्छ। ’

    उनले आफूले कांग्रेस उम्मेदवार शाहलाई सम्पर्क गरेर तत्काल उक्त आरोप खण्डन गर्न आग्रह गरेको समेत जानकारी दिएका छन्।

    यता, अहिलेसम्म शाहले यस विषयमा अर्को धारणा सार्वजनिक नगरे पनि कांग्रेस कैलालीको फेसबुक पेजमा भने थप स्पष्ट पारेका छन्। आर्थिक लेनदेनको विषयमा आफू स्पष्ट रहेको भन्दै प्रमाण अभावका कारण नाम सार्वजनिक गर्न कठिन भएको बताएका छन्।

    ‘अहिले मलाई प्रमाणको अभावमा नाम सार्वजनिक गर्न अप्ठ्यारो छ। तथापि ती महानुभावहरूको विषयमा विभिन्न माध्यमबाट जानकारी लिने प्रयास गर्दैछु, कत्तिको सक्छु हेरौँ, ’ उनले प्रेस विज्ञप्तिको तल टिप्पणीमा लेखेका छन्, ‘यस बाहेक अन्य उम्मेदवारसँग निकट रहेकाले पनि चाहेको खण्डमा हामीलाई सहयोग गर्ने तपाईँको पार्टीसँग सम्बन्धितहरूको नाम पनि कुनै पनि बेला उपलब्ध गराउन सक्छु भनी फेसबुकमार्फत भनेकै छन् ।

    हेर्दै जाऊ। ’निर्वाचन परिणामपछि चैत १ गते सबै क्षेत्रीय कार्यसमिति र उम्मेदवारलाई पराजयका कारण, अनुभव र सुधारका उपायसहितको प्रतिवेदन पठाउन निर्देशन गरिएको थियो। तर, त्यसमा यस्ता विषय उल्लेख नगरी अहिले मिडियामार्फत ल्याइएका कुराहरूको जवाफ मागिरहेको कांग्रेसले जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट