logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • एमालेले चयन गर्यो १६ जना समानुपातिक सांसद, क-कसको नाम लाग्यो टुंगो ?

    859Shares
    एमालेले चयन गर्यो १६ जना समानुपातिक सांसद, क-कसको नाम लाग्यो टुंगो ?

    काठमाडौं । नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको हो ।

    पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट १७ जना सांसद चयन गरेको छ । जसमध्ये जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना समेटिएका छन् । त्यसैगरी, खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, यशोदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कंडेल समेटिएका छन् ।

    त्यस्तै, थारु कलस्टरबाट कृपाराम राणा परेका छन् भने दलिततर्फ विष्णुमाया वि।के। र नीता घतानी छन् । मधेसीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल परेका छन् । मुस्लिमतर्फ भने एमालेले साजिदा सिद्दीकीलाई सांसद् बनाउने भएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ३०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट