काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आज धर्बेन्द्र कुँवरको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो ।
२० वर्षमुनिको साफ च्याम्पियनशिप यही मार्च २३ देखि अप्रिल ४ सम्म माल्दिभ्समा हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित आयोजक माल्दिभ्स, भूटान र श्रीलङ्का रहेका छन् । समूह ‘बी’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।
राउन्ड रोबिन लिगमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
यस्तो छ नेपाली टोली–
अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराँव, विज्ञान खड्का, विनायक थारु, धर्बेन्द्र कुँवर ९कप्तान०, गणेश पुलामी मगर, जोन विष्ट, निशानराज लवाट, पवन पाख्रिन, पेम्बा नुर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रणजित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुङ्गेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डङ्गोल
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया