काठमाडौं।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । तीनवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ । दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । तीनवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ । दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया