logo

२०८२ फाल्गुन १० आईतवार

logo
  • २०८२ फाल्गुन १० आईतवार
  • रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

    772Shares
    रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

    काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ) भएको गाडी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आज बिहीबार सिंहदरबारमा बसेको बैठकले रुफटफ भएको गाडी निर्वाचन प्रयोजनका लागि प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

    गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधी र सहसचिव आनन्द काफ्ले सहभागी थिए ।

    प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका अधिकारीहरु पनि बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका थिए । अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ । सह सचिव काफ्लेले भने, ‘उम्मेदवारलाई सुरक्षा खतरा हुने निष्कर्ष निकाल्दै त्यस्ता भेहिकल प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय गरिएको हो ।’

    बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अहिलेसम्मको गतिविधि र तयारीबारे छलफल गरेको छ । तयारी राम्रो रहेको निष्कर्ष निकल्दै तयारीलाई थप सुदृढ बनाउने निर्णय गरिएको छ।

    केन्द्रिय सुरक्षा समितिले निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितकौ बैठक दैनि बस्न निर्देशन दिएको छ । अहिलेसम्म रुफटफ भएका गाडी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछानेले सबैभन्दा धेरै प्रयोग गर्दै आइरहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट