logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • तामाकोशीमा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या ९ पुग्यो

    874Shares
    तामाकोशीमा बस दुर्घटना: ज्यान गुमाउनेको संख्या ९ पुग्यो

    काठामडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मंगलबार मध्याह्न तामाकोशी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।

    ओखलढुंगा जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५  नम्बरको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा घटनास्थलमै ६ जनाले ज्यान गुमाएका थिए ।

    रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनपछि हालसम्म ९ जनाले ज्यान गुमाएका हुन् ।

    घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको टोली खटिएको थियो । उक्त टोलीले बससँगै तामाकोशीमा डुबेकाहरूको पनि खोजी गरिरहेको छ ।

    काठमाडौंबाट उक्त बसले ८ जान यात्रु बोकेर हिँडेको थियो । तर बाटोमा टिकट नभएका यात्रुसहित करिब १७ जना सवार रहेको खुलेको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट