logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • सामाजिक सञ्जालका ९८ सामग्री हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन

    1KShares
    सामाजिक सञ्जालका ९८ सामग्री हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका विभिन्न ९८ वटा सामग्री हटाउन सम्बन्धित कम्पनीलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मिस इन्रफरमेसन र डिस इन्फरमेसन भएकाले ति कन्टेन हटाउनका लागि पत्रमचार गरिएको हो ।

    ‘९८ वटा कन्टेट कारबाहीका लागि लेखेर पठाएका छौं । तत निकायबाट हामी यो गर्छौं भन्ने प्रतिवद्धता प्राप्त भएको छ’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । तर, के कस्ता कन्टेट हटाउन भनिएको हो उनले खुलाएनन् ।तथापि, पाठकलाई गलत सूचना नपुगोस् भनेर आयोग गलत सूचना रोक्न सक्रिय रहेको उनले बताए । फ्याक्ट चेकका लागि एउटा निजी कम्पनीसँग समेत साझेदारी गरिएको उनले जानकारी दिए ।

    निर्वाचन आयोगमा आचारसंहिता कार्यान्वयनका लागि कार्यदल नै बनाएर काम गरिरहेको छ । सामाजिक सञ्जालको प्रयोगको विषय समेत आचारसंहिताभित्र पर्दछ । आचारसंहिता उल्लघंन हुने गरी सामाजिक सञ्जालको प्रयोग गर्न नहुने लगायतका विषय रहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ माघ ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट