logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    871Shares
    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    विराटनगर, ३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम उक्त आह्वान गर्नुभएको हो ।

    यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । उहाँलाई नेकपा एमालेका ३९, नेकपा ९माओवादी केन्द्र० का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।

    आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ पहिलो संशोधन समेतको नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ३१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट