खोटङ । खोटङको साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना गरिएको छ । गरिवी निवारणका लागि लघुउद्यम कार्यक्रम
अन्तर्गत बुधबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले औपचारिक रुपमा मेसिन सञ्चालन गरेर उद्योग स्थापना गरेको
घोषणा गरेकाहुन ।
स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै रोजगारी सृजना र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो उद्योग
गाउँपालिकाको आर्थिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । उद्योग स्थापनाको क्रममा अध्यक्ष राईले
गाउँपालिकाभित्र सञ्चालनमा ल्याईएको उद्यम र उद्योगहरूले युवाहरूलाई स्वदेशमै रोजगार दिने वातावरण सिर्जना गर्नुपर्ने
आवश्यकता रहेको बताए ।
बाँसकला उद्योगले गाउँपालिकाको पहिचान र आर्थिक प्रगतिमा टेवा पुर्याउने उल्लेख गर्दै यस
उद्योगबाट स्थानीय युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी बाँसका विविध उपयोगका सामग्री उत्पादन र बजार विस्तारमा
सहयोग गर्ने योजना रहेको जानकारी गराए। राईले भने “नमूना सामग्री तयार गरेर त्यसलाई अन्यत्र बजारिकरण गर्न सकियो भने गाउँको आम्दानीको स्रोतको आधार बन्न सक्छ । नागरिक आफैं सिर्जनात्मक बन्नुपर्छ, किनभने सिर्जनात्मकताको जग बसाउन सके मात्र परिवर्तन सम्भव हुन्छ ।”
सिर्जनालाई विश्वासमा रूपान्तरण गर्न सक्ने व्यक्ति वा समुदायले आफ्नो जीवनस्तरलाई माथि उठाउन सक्छ । यस्तो पेशामा आवद्ध
हुन बाध्यताले होइन, भित्री चाहना र रहर जगाएर लाग्नुपर्नेमा जोड दिदै राइले भने रहरले गरिएको कामले मात्र स्थायित्व र
समृद्धि ल्याउँछ,” ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको उद्योग स्थापना कार्यक्रममा
वडा नम्बर २ रतन्छाका वडाध्यक्ष जितेन्द्र कुमार राई, वडा नं। ३ का वडाध्यक्ष गोविन्द तामाङ, इलाका प्रहरी कार्यालय मात्तिम
बिर्ताका सई फाईदलसिं लिम्वु, गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङ राई लगायत निर्वाचित जनप्रतिनिधि र लद्युउद्यम
सँग सम्बन्धित स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । उद्योग स्थापनाका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा
बाँसकला सम्बन्धि तालिम सञ्चालन गरेको थियो भने सोही तालिम गरेका व्यक्तिहरुबाट उद्योग सञ्चालन गर्ने योजना बनाईएको छ ।
यस वर्ष कोशी प्रदेश सरकार अन्तर्गतको कृषि उद्योग मन्त्रालयबाट केही रकम गाउँपालिकालाई प्राप्त भएको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया