काठमाडौं । सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितले लिएका बढि सुरक्षाकर्मी धमाधम फिर्ता गरिरहेको छ। अहिलेसम्म नेपाल प्रहरीका डेढसय सुरक्षाकर्मी फिर्ता भइसकेको गृहमन्त्रालय स्रोतले जनाएको छ।
‘अहिलेसम्म करिब डेढसय जना नेपाल प्रहरी फिर्ता भइसकेका छन्। प्रदेशतिरबाट पनि फिर्ता भएका छन्। त्यहाँको रिपोर्ट लिन बाँकी छ। बेलुकासम्ममा मापदण्डबाहिर लिएका सबै सुरक्षाकर्मी फिर्ता भइसक्छन्’, स्रोतले केही सञ्चारमाध्यमसँग भन्यो।प्रचण्डको सुरक्षामा खटिएका ३० जना सशस्त्र प्रहरीमध्ये १४ जना फिर्ता गरिएको छ। अब त्यहाँ सईको कमाण्डमा १६ जना सशस्त्र प्रहरी रहनेछन्।
केपी ओलीको सुरक्षामा खटिएका पनि १३ जना सशस्त्र प्रहरी फिर्ता भइसकेका छन्। अब उनको सुरक्षामा पनि सईकै कमाण्डमा १६ जना सशस्त्र प्रहरी खटिनेछन्। नेपाल प्रहरीले पनि त्यहाँ रहेका बढी सुरक्षाकर्मी फिर्ता बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग भने अहिले धेरै सुुरक्षाकर्मी नरहेको र घर जलिसकेपछि डेरामा बसेकाले उनले धेरै सुरक्षाकर्मी लिएका छैनन्।
उनकोमा पनि बढी सुरक्षाकर्मी खटिएको भए फिर्ता हुनेछन्। अरु विभिन्न पूर्वपदाधिकारी तथा बहालवालाले मापदण्डभन्दा ब लगेका सुरक्षाकर्मीहरु आजै फिर्ता गर्न बिहीबार नै केन्द्रीय सुरक्षा समितिको बैठकले गरिसकेको छ। बैठक लगतै गृहमन्त्रालयले दुवै प्रहरीलाई निर्देशन दिइसकेको छ। निर्देशन अनुसार नेपाल प्रहरीका करिव २ सय ५० प्रहरी फिर्ता हुनेछन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया