logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • संसद भवन छिरे युवाहरु, अश्रुग्याँस र पानीको फोहोरा हानियो

    967Shares
    संसद भवन छिरे युवाहरु, अश्रुग्याँस र पानीको फोहोरा हानियो

    काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

    उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

    यसैबीच, सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

    निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

    माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ ।

    तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ। माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार