logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • सांसदहरुले समयसामयिक विषयमा सरकारको  ध्यानाकर्षण गराए

    961Shares
    सांसदहरुले समयसामयिक विषयमा सरकारको  ध्यानाकर्षण गराए

    काठमाडौँ, ७ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने मागसहित सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
    बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभयो, “भ्रष्टाचार कर्मचारीतन्त्रमा मात्र होइन, अहिले विवादमा आएका एक दर्जन मन्त्रीको छानबिन गर्नुपर्ने अवस्था आयो, भ्रष्टाचार कहाँ–कहाँ छ रु भन्ने होइन, कहाँ छैन भनेर खोज्नुपर्ने आवश्यकताछ ।” भ्रष्टाचार अन्त्यका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउनुपर्ने उहाँको माग छ । उहाँले केही कर्मचारीलाई कारबाही गरेर भ्रष्टाचार अन्त्य नहुने बताउँदै राजनीतिक क्षेत्रलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्नुभयो ।
    राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बिन्दावासिनी कंसाकारले भन्नुभयो, “बारा, पर्सा, महोत्तरीलगायत मधेसका जिल्लामा आज चापाकल सुकेका छन्, रोपाइँ हुन सकेको छैन, पिउने पानीका लागि मानिस घर छोड्न बाध्य छन्, तर मन्त्रीहरू विदेश भ्रमणमै व्यस्त छन् ।” उहाँले घुस प्रकरणमा परेका मन्त्रीको बारेमा छानबिन हुनुपर्ने माग पनि गर्नुभयो ।
    सांसद ज्वालाकुमारी शाहले देश र जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउनका लागि साना–ठूला सबै राजनीतिक दल एकापसमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रभु शाहले किसानका लागि मलखाद, सिँचाइ र बिजुलीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद अमनलाल मोदीले शिक्षा विधेयक कहाँ हरायो रु भन्दै प्रश्न गर्नुभयो ।
    सांसद नारायणी शर्माले गए राति भेरी करिडोरमा काम गर्दै आएको टिपर पश्चिमको आठबिसकोट नगरपालिका–१४ पिलिलचौरमा दुर्घटना भएको घटना सुनाउँदै सो दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट