logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    1.1KShares
    आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल हुनेछ ।

    बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ । दिउँसो १ बजेका लागि बोलाइएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेस गर्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

    दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्था र समितिको कामकारबाहीको समीक्षा हुनेछ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक पनि आजै बस्दै छ ।

    बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव सङ्कलन तथा छलफल, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची छ ।



    फास्ट न्युज    
  • २०८२ असार ३२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट