logo

२०८२ फाल्गुन २६ मंगलवार

logo
  • २०८२ फाल्गुन २६ मंगलवार
  • निराशाजनक भयो नेप्से, बुधबार ७.९४ अंकले घटेको तथ्यांक सार्वजनिक

    964Shares
    निराशाजनक भयो नेप्से, बुधबार ७.९४ अंकले घटेको तथ्यांक सार्वजनिक

    काठमाडौं । नयाँ गभर्नरलाई शेयर बजारले मन नपराएको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री डा विश्वनाथ पौडेल नियुक्ति भएको भोलिपल्ट आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको हो । आज नेप्से ७.९४ अंकले घटेको छ । नेप्सेमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६६९.५१ अंकमा झरेको हो । नेप्से ओरालो लागेसँगै नेप्सेको पुँजीकरण पनि ०.२९ प्रतिशतले घटेको छ ।

    आजको कारोबारमा १५३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ९३ वटा कम्पनीको शेयर मूल्य घट्यो । त्यस्तै एउटा कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । नेप्से घटेसँगै बैंकिङ, विकास बैंक र म्यूचुअल फन्ड बाहेक सबै उपसमूहको सूचक समेत घट्न पुगेको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा ओम मेगाश्री फार्मेस्ट्यकल्स कम्पनीका कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने स्वेट गंगा हाइड्रोपावर कम्पनीको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट