काठमााडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले केहीबेरअघि मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । मिश्रमाथि गएको मङ्गलवार ८औं पटक थप ५ दिन म्याद थप भएको थियो ।
मिश्रलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै उहाँकी श्रीमती सारिका कार्कीले वैशाख ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिनुभएको थियो ।
गएको चैत १५ गते राजावादीहरूले काठमाण्डौको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले त्यही दिन मिश्रलाई पक्राउ गरेको थियो । त्यो प्रदर्शनमा हिंसा भड्काउन संलग्न रहेको भन्दै प्रहरीले मिश्रलगायतमाथि विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया