logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक

    934Shares
    मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक

    काठमाडौं ।सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरे ।
    गर्दै प्रवक्ता गुरुङले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै शैक्षिक गतिविधिमा सहभागी हुन आग्रह समेत गरेका छन्।उनले समयमा नै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीहरूको भविष्य बर्बाद हुने भन्दै शिक्षकहरूले आन्दोलन रोक्नुपर्ने बताए ।
    यसैगरी उनले कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको उल्लेख गरे।
    प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए ।
    बैठकले चैत्र १५ गते तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकको परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ भने सर्वोच्च अदालत र अन्तर्गतका निकायहरूको मौजुदा संगठन संरचना र दरबन्दी तेरिजमा संशोधन गर्ने निर्णय गरेको छ ।

    यसैगरी सरकारका प्र्रवक्ता गुरुङले मन्त्रिपरिषद्ले वैदेशिक सहायता परिचालन नीति,सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ भने सार्वजनिक खरिद(चौधो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट