logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • दिक्तेल रुपाकोट मझुवागढी नगरमा रेडपाण्डा तथा थार महोत्सव

    1.3KShares
    दिक्तेल रुपाकोट मझुवागढी नगरमा रेडपाण्डा तथा थार महोत्सव

          खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आज रेडपाण्डा तथा थार महोत्सवको उद्घाटन भएको छ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको उक्त महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र चर्चित नायक दयाहाङ राईले गरेका हुन।

    लोपोन्मुख बन्यजन्तु रेडपाण्डा र थारको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा नगर भित्र बसोबास गर्ने विभिन्न जातजातिको  कला संस्कृति झल्कने भेषभुसा र खानपानको प्रदर्शनी समेत गरिएको छ।

    नगरपालिकाको वडा नं. २ मा पर्ने हुर्लुङमा आयोजना गरिएको महोत्सव बैशाख दुई गत्ते सम्म संचालन हुने वडा नं. ५ का अध्यक्ष एवं नगर प्रवक्ता दिनेश घिमिरेले बताए। उनका अनुसार नयाँ बर्षको सुरुवातमा उद्घाटन गरिएको महोत्सव दुईदिन पछि समापन हुनेछ।


    नगरपालिकाले महोत्सवको प्रमुख अतिथिमा कुलपति भुपाल राई र बिशेष अतिथिमा नायक दयाहाङ राईलाई आमन्त्रण गरेको थियो भने उद्घाटनको अवसरमा स्थानीय राजनीतिक दल र दलका प्रमुख तथा प्रतिनिधि पनि उपस्थिति रहेको थियो।



    फास्ट न्युज    
  • २०८२ बैशाख १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार