logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    880Shares
    राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा मङ्गलबारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिक पछिल्लो राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    मङ्गलबार काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शनसहित सभाको तयारी भइरहँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको अवस्था देखाउँदै उक्त स्थानमा कार्यक्रम गर्न नदिने निर्णयसँगै राप्रपाले कार्यसम्पादन समिति बैठक डाकेको हो । जिल्ला प्रशासन कार्यालयले राप्रपालाई आफ्नो कार्यक्रम बल्खु क्षेत्र वा सिफल चौरमा गर्न आइतबार पत्राचार गरेको थियो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट