logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू

    1KShares
    दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू

    दाङ – दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन गर्न शुरू भएको छ । राप्ती गाउँपालिका–२ पुण्यपुरमा प्लास्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू भएको हो ।

    पालिकाभित्रको प्लास्टिकजन्य फोहरबाट मोहर बनाउने अभियान अनुसार यो कार्य गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । फोहरमुक्त पालिका निर्माणका लागि पालिकाले इको फ्यामिली प्रालि हेटौँडासँग सहकार्य गरेको हो ।

    अध्यक्ष विष्टले फर्निचरजन्य सामग्रीसँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको पनि जानकारी दिनुभयो । स्वच्छ र हरित पालिका निर्माण गर्नुका साथै अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

    साथै पालिकाले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रम पनि शुरू गरेको छ । यसले वडास्तरमा सरसफाइ गर्ने प्रतिस्पर्धा गराउने गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट