logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त देश, अन्तर्राष्ट्रिय वित्तीय कारोबार समस्यामा

    1KShares
    नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त देश, अन्तर्राष्ट्रिय वित्तीय कारोबार समस्यामा

    काठमाण्डाै । नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त देशको सूचीमा परेसँगै अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा समस्या आउनसक्ने विज्ञहरूले बताएका छन् । गएकाे शुक्रवार फ्रान्समा सम्पन्न ‘फाइनान्सियल एक्शन टास्क फोर्स’ को बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा लगानीसम्बन्धी ‘ग्रे लिस्ट’ मा राखेको हो ।

    कुनै देश ‘ग्रे लिस्ट’ मा परेको छ भने उससँग धेरैले कारोबार नै गर्न चाहन्नन् । यदि गरे भने पनि त्यसमा उच्च जोखिमको ‘प्रिमिअम’ लागत जोडिन्छ । त्यसले देशको समग्र अर्थतन्त्र नै उच्च लागतको बन्न जान्छ । अब रेमिट्यान्स भित्र्याउँदा लाग्ने लागत पनि बढ्ने सम्भावना हुन्छ । त्यसबाट धेरै नेपाली प्रभावित हुन सक्छन् । यस्तै हरेक आयातका लागि प्रतिपत्र वा ‘एलसी’ खोल्नुपर्छ ।

    ‘ग्रे लिस्ट’ मा परेको देशका लागि त्यस्तो ‘ग्यारेन्टी’ लिने काम नै असहज र धेरै लागतयुक्त बन्न पुग्छ । यस्तै अन्तर्राष्ट्रिय वित्त बजारबाट ‘ग्रे लिस्ट’ मा रहेको देशका बैंक तथा अन्य सङ्घ–संस्थाका सम्बन्धविच्छेद हुन थाल्छन् । त्यसको परिणाम अर्थतन्त्रको हरेक क्षेत्रमा पर्न सक्छ ।

    यस्तै आयात र निर्यात तथा पर्यटकले विदेशबाट गर्ने भुक्तानीमा पनि समस्या हुन सक्ने विज्ञहरू बताउँछन् । समग्र देशको शाख नै समस्यामा पर्ने भएकोले अन्तर्राष्ट्रिय सहयोग पनि प्रभावित हुन सक्छ । वैदेशिक लगानी पनि जोखिममा पर्न सक्छ ।नेपाल आउँदो दुई वर्षका लागि यो सूचीमा परेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कनका लागि दिइएका सुझावहरूलाई समेट्ने काम शुरू गरिसकेको बताउनुहुन्छ



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट