logo

२०८३ श्रावण १९ मंगलवार

logo
  • २०८३ श्रावण १९ मंगलवार
  • जनयुद्ध दिवसको दिन थुलुङ दुधकोशी गाउँपालिकाले दियो सार्वजनिक बिदा

    1KShares
    जनयुद्ध दिवसको दिन थुलुङ दुधकोशी गाउँपालिकाले दियो सार्वजनिक बिदा

    काठमाडौं (केदार बस्नेत)।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिएको छ। गाउँ कार्यपालिकाको यही माघ २३ गते बुधबार बसेको बैठकले फाल्गुन १ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    फाल्गुन १ अर्थात जनयुद्ध दिवसको दिन गाउँपालिकाको कार्यालय, मातहतका सबै सरकारी कार्यालय, संघसंस्था तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईद्वारा हस्ताक्षरित सूचनामा जानकारी गराइएको छ।

    “प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०८१/१०/२३ गते बसेको गाउँ कार्यपालिकाको निर्णयअनुसार मिति २०८१ फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा यस थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय तथा मातहतका सबै सरकारी कार्यालय, संघसंस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ”, प्रमुख प्रशासकीय अधिकृत राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    तत्कालीन अवस्थाको परिवर्तन गर्न २०५२ फाल्गुन १ गतेदेखि १० वर्षे सशस्त्र जनयुद्धको घोषणा गरिएको सम्झनामा माओवादी केन्द्रले सोही दिन जनयुद्ध दिवस  मनाउँदै आएको छ। नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकका रुपमा स्थापना गर्ने जगको रूपमा जनयुद्धलाई स्मरण गर्ने गरिएको छ।

     



    फास्ट न्युज    
  • २०८१ माघ ३०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट