काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भएका छन्। प्राधिकरणको बिहीबार बसेको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनलाई कार्यक्षमता मूल्यांकनका आधारमा निर्देशकमा बढुवा गरिएको प्राधिकरणले जनाएको छ। यसअघि राजुरमण पौडेल कार्यकारी निर्देशक थिए। उनी अवकास भएपछी केही समयदेखि कार्यकारी निर्देशक पद खाली थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया