logo

२०८३ श्रावण ५ मंगलवार

logo
  • २०८३ श्रावण ५ मंगलवार
  • एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ

    1KShares
    एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ

    काठमाडौँ।  नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी अनलाइन बेटिङ गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्ने दुवै जना भारतीय नागरिक हुन्।

    काठमाडौंको  टोखा नगरपालिका वडा नं. ३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्ट्मेन्टको 6b फ्यालट्मा एनपीएलको फाइनल खेलमा सट्टेबाजी भईरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी काठमाडौंबाट खटिएको बिशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

    उनीहरुमाथि प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।उनीहरुको साथबाट प्रहरीले सट्टेबाजी गराउन प्रयोग भएका ५ वटा मोवाइल, एउटा ल्यापटप, एनसेलका ८ वटा सिम, हरिसको भारतीय राहदानी, आधार कार्ड, ऋषिको आधारकार्ड र भोटिङकार्ड बरामद गरेको छ।

    यसअघि पनि एनपीएलमा बेटिङ गराएको आरोपमा प्रहरीले केही भारतीय नागरिकलाई पक्राउ गरेको थियो।



    फास्ट न्युज    
  • २०८१ पुष ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट