logo

२०८३ भाद्र २१ आईतवार

logo
  • २०८३ भाद्र २१ आईतवार
  • क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने

    1.1KShares
    क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने

    काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताएका छन् ।

    जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि उनले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरे।

    मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता दोहोर्‍याएको उनको निजी सचिवालयले जनाएको छ ।

    आयोजनाका प्रमुख कार्यकारी अधिकृत  मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्ने गरी काम भइरहेको बताए।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट