logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • आजको मौसम : तीन प्रदेशमा हल्का वर्ष हुनसक्ने

    997Shares
    आजको मौसम : तीन प्रदेशमा हल्का वर्ष हुनसक्ने

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार तीन प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा र राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार जारी गरेको बुलेटिनमा उल्लेख छ।

    महाशाखाले लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव र कोशी, मधेस र बागमती प्रदेशमा आंशिक प्रभाव रहेको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ।
    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिपनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    सोमबार बिहान कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

    दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार