logo

२०८२ फाल्गुन १० आईतवार

logo
  • २०८२ फाल्गुन १० आईतवार
  • वेस्ट इन्डिजविरुद्ध नेपालले दियो १३४ रनको लक्ष्य

    757Shares
    वेस्ट इन्डिजविरुद्ध नेपालले दियो १३४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतकमा नेपालले वेस्ट इन्डिजले १३४ रनको सामान्य लक्ष्य दिएको छ ।

    मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो ।

    ऐरीले ४७ बलमा ५८ रन जोड्न ३ चौका र ३ छक्का प्रहार गरे । ३ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमेपछि क्रिजमा आएका ऐरीले खेलको अन्तिमसम्म टिकेर इनिङ उकासे । नेपालबाट सर्वाधिक रन जोड्ने उनी नै हुन् ।

    नेपालका सुरुवाती क्रममा ब्याटरहरु चल्न नसक्दा वेस्ट इन्डिजले सामान्य लक्ष्य पाएको हो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा आउट भए । भुर्तेलले १ र आसिफले ११ रन मात्रै जोडे । पहिलो विकेट गुमेपछि क्रिजमा आएका कप्तान रोहित पौडेल ५ रन जोडेर आउट भए ।

    खेल ६ ओभरको तेस्रो बलमा पुग्दा नेपालले आरिफ शेखलाई गुमायो । आरिफले ८ बल खर्चेर २ रन जोडे । यसबेला नेपाल ४ विकेटको क्षतिमा २३ रनको कमजोर अवस्थामा थियो ।

    लोकस बम पनि आजको खेलमा चल्न सकेनन् । उनले १५ बल सामान गर्दा १३ रन जोडे । गुल्सनलले ११ रन मात्रै जोडे ।

    सोमपालले भने इनिङ उकास्न ऐरीलाई साथ दिए । उनले अविजीत २६ रन जोडे । उनले ४ चौका प्रहार गरे । दीपेन्द्र र सोमपालको साझेदारीले नेपालको इनिङ केही हदसम्म उकासियो ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट