logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

    943Shares
    कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

    काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगनमा दल दर्ता गरेको छ । आज (आइतबार, मंसिर ७) आयोगको कार्यालय पुगेर दल दर्ता गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।

    शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले  निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

    अब कांग्रेसले आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिने पक्का भएको छ भने राष्ट्रिय सभा निर्वाचनमा पनि भाग लिनेछ । नेकपा (एमाले)ले भने हालसम्म आयोगमा दल दर्ता गरेको छैन । उसले वर्तमान परिस्थितिमा निर्वाचनमा जान नकिने बताउँदै आएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट