logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • अमेरिकी दुताबास भन्छ- नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं

    1.2KShares
    अमेरिकी दुताबास भन्छ- नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं

    काठमाडौँ ।  नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको सहकार्य गर्दै अमेरिकाले नेपाली नागरिकलाई नेपालमै बस्नसक्ने वातावरण बनाउन प्रयत्नशील रहेको बताएको छ ।

    बुधबार दूतावासले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै नेपाली नागरिक आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील रहेको उल्लेख गरेको हो ।’

    दुताबासले भनेको छ- ‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ ।’

    दुताबासले कुनै सन्दर्भ उल्लेख नगरेपनि पछिल्ला दिनहरुमा ठुलो संख्यामा नेपालीहरु अमेरिकाबाट डिपोर्ट भइरहेकोप्रति संकेत गरेको बुझिएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ३२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट