काठमाडौं । काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ । तीनकुनेमा भएको प्रदर्शनपछि राजसंस्था पक्षधरले कम्पनीमा आगजनी गरेका हुन्।तोडफोड र आगजनी गर्न सुरु गरेपछि भागेर कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा.संगीता यादवले बताइन् ।
आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ ।आगजनीबाट कम्पनीको परिसरमा रहेका गाडीहरू जलेका छन्।मुख्य भवनमा पनि आगो लगाउने डरले पछाडि पट्टी स्टोरबाट बाहिर भागेको यादवले जानकारी दिइन्।
राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु जारी गरिसकेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया