logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • भयो इजरायल – हमासबीच युद्धविराम सम्झौता,नेपाली विपिन रिहाइको बाटो खुल्यो

    883Shares
    भयो इजरायल – हमासबीच युद्धविराम सम्झौता,नेपाली विपिन रिहाइको बाटो खुल्यो

    काठमाडौं । इजरायल र हमास गाजामा १५ महिना जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौतामा पुगेका छन् ।

    स्रोतहरूलाई उदृत गर्दै बीबीसीलाई जनाएअनुसार स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका हुन् । सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।
    यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको बताइएको छ ।

    हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो ।
    नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट