logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

    1.2KShares
    गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ।  काठमाडौं गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा दीपक कुँवरले समझदारीपत्रमा सोमबार हस्ताक्षर गरेका हुन् ।

    सोमबार मन्त्रालय आयोजित एक कार्यक्रमकाबीच गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा दीपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    समझदारीपत्रमा हस्ताक्षर भएसंगै अव आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौँ विश्वविद्यालयले अध्ययन र अनुसन्धान काठमाडौँ विश्वविद्यालयले गर्ने गृह मन्त्रालयले जनाएको छ । सो क्रममा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटनालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    आत्महत्याको विषय गम्भीर रहेको र प्रत्येक दिनको रेकर्ड निकै डरलाग्दो रहेकाले यस बिषयमा आवश्यक अनुसन्धान आवश्यक रहेको उहाको भनाइ छ ।

    सहमति अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिनेछ भने आत्महत्या नियन्त्रण र न्यूनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम समेत दिनेछ ।



    फास्ट न्युज    
  • २०८१ पुष ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट