logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • एनसेलले नेपालमा आफ्नो पुरानो प्रविधि थ्रिजी बन्द गर्ने घोषणा

    931Shares
    एनसेलले नेपालमा आफ्नो पुरानो प्रविधि थ्रिजी बन्द गर्ने घोषणा

    काठमाडौँ ।  निजी क्षेत्रका दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ ।
    एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने घोषणा गर्नुभएको हो ।

    उहाँले दक्षिण एशियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गर्दै आफूहरू नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताउनुभयो ।

    नेपाल आर्थिक पत्रकार समाजले आज राजधानीमा गरेको एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘अगामी १२–३६ महिनामा स्पेक्ट्रम अनुकुलनका लागि टुजी र थ्रिजीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दैछौं । उहाँले २०२५ मा थ्रिजी बन्द गर्दैछौं र  टु जी  चाहि २०२७ मा बन्द हुन सक्छ ।’’ उहाँले अहिले पनि  टु जी ह्यान्डसेट  ३.३ मिलियन प्रयोग कर्ता रहेको बताउँदै नयाँ प्रविधिलाई अघि बढाउन ति सेटहरू बाधक रहेको बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट