भदौ, काठमाडौं । चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली पुगिसकेको छ भने डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको थियाे ।
यसैबीच, चन्द्रागिरीमा भेटिएको शंकास्पद उक्त वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd