logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • तीन राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पायो पूर्णता

    856Shares
    तीन राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पायो पूर्णता

       काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

    राष्ट्रपति पौडेलले  रुपा विक र पूर्णबहादुर तामाङ र अरुणकुमार चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।  तामाङ र विक कांग्रेसबाट, चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    चौधरीले संस्कृति पर्यटन तथा नागरिक  उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।   गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार