logo

२०८३ आश्विन २४ शनिबार

logo
  • २०८३ आश्विन २४ शनिबार
  • लगातार वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड, जोखिम हेरेर मात्रै गन्तव्यतर्फ पठाइने

    814Shares
    लगातार वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड, जोखिम हेरेर मात्रै गन्तव्यतर्फ पठाइने

    काठमाडौं,  लगातार भइरहेको वर्षासँगै सम्भावित पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा होल्ड गरिएको छ।

    बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन नागढुंगामै रोकिएका छन्। वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुंगा खस्ने तथा सडकमा लेदो आउने सम्भावना रहेकाले सुरक्षा सतर्कताका रूपमा सवारीसाधन रोकिएको जनाइएको छ।

    नागढुंगा हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने लामो दूरीका बस तथा मालवाहक सवारीसाधनसमेत रोकिएपछि यात्रु तथा चालकहरू प्रभावित भएका छन्।

    लगातारको वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण हुनसक्ने भएकाले मौसम तथा सडकको अवस्था हेरेर मात्रै सवारीसाधन सञ्चालनमा ल्याइने बताइएको छ। अवस्था सामान्य भएपछि सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउने तयारी गरिएको छ।

    सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रुलाई अनावश्यक यात्रा नगर्न तथा लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र प्रस्थान गर्न आग्रह गरिएको छ। सवारीसाधन होल्ड गरिएपछि नागढुंगा क्षेत्रमा चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्नसमेत अनुरोध गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट