मन्त्रिपरिषदको आज बसेको बैठकले जर्नेल अशोक सिग्देललाई भावी प्रधानसेनापतिमा सिफारिस गरेको छ ।
स्रोतका अनुसार आगामी भदौ २४ गते अवकाश हुदै गरेका सेनापति प्रभुराम शर्माको अवकाश पछिको उत्तराधिकारीको रुपमा सिग्देललाई लाने तयारीस्वरुप क्याबिनेटले कामुमा सिफारिस गरेको हो ।
उनीमाथि दोहोरो नागरिकता लिएको र जन्ममिति किर्ते गरेको आरोप लागेको छ । सोही विषयमा सर्वोच्चमा दायर गर्न खोजिएको युवराज सफलको रिट हिजो दरपीठ भएको थियो ।
उनी ३ बर्ष सेनापति रहनेछन् । यसैवीच रक्षासचिव किरणराज शर्माको पनि सरुवा भएर त्यहाँ अख्तियारबाट रामेश्वर दङ्गाललाई ल्याइएको छ । अख्तियारमा घनश्याम उपाध्याय पुगेका छन् ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd