logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • यादव नेतृत्वको जसपा नेपाल संसदीय दलको बैठक बालकुमारीमा

    715Shares
    यादव नेतृत्वको जसपा नेपाल संसदीय दलको बैठक बालकुमारीमा

    काठमाडौँ,

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक अहिले केही बेरमा बस्ने भएको छ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामायीक विषयमा छलफल हुने बताइएको छ ।

    यो पार्टी हलै विभाजित भएको छ । विभाजनको वैधताबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपा नेपालले आपत्ति जनाउँदै आएको छ ।

    आयोगको निर्णय विरुद्धमा कानुनी उपचार खोज्ने यस पार्टीको तयारी छ । दल दर्ता सम्बन्धी कानुन निष्क्रिय भएको बेला निर्वाचन आयोगले राई नेतृत्वको पार्टी कसरी दर्ता गर्‍यो भन्दै यादव पक्षको जसपा त्यसका विरुद्धमा अदालत जाने भएको हो । यस विषयमा पनि आजको बैठकमा थप छलफल हुने बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख २५, मंगलवार ०३:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार