काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीमा ५ सदस्यीय पदाधिकारी रहेको छ ।उनले दशैँअघि असोज ७ मा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । हर्कले आफ्नो पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् ।
निर्वाचन आयोग उच्च स्रोतका अनुसार साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीमा ५ सदस्यीय पदाधिकारी प्रस्ताव गरिएको छ । जसमा हर्क आफैँ अध्यक्ष छन् भने उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ राखिएको छ । उनको पार्टीमा २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।
यस्तै यही असोज ९ गते नै वरिष्ठ अधिवक्ता डा। सुरेन्द्रराज भण्डारीले पनि ‘नेपाल नागरिक पार्टी’ दर्ताका लागि निवेदन दिएका छन् ।
उनी आफैँ संयोजक रहेको उक्त पार्टीमा सह(संयोजक सञ्जय खतिवडा र डा। प्रकाश पौडेल गरी ३ सदस्यीय पदाधिकारी प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्यको सूचीमा पूर्वजनमुक्ति सेनाका लडाकु लेलिन विष्टसहित ४४ जना प्रस्तावित छन् । भण्डारी संयोजक रहने गरी प्रस्तावित दलमा संयोजकको अधिकारमा जेनजीलाई पार्टीमा आवद्ध गराउन पहल तथा नेतृत्व गर्ने प्रस्ताव गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया