logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • राष्ट्रिय बैंकहरूको नाफामा गिरावट, नेपाल बैंकको नाफा ९२.६८ प्रतिशतले घट्यो

    राष्ट्रिय बैंकहरूको नाफामा गिरावट, नेपाल बैंकको नाफा ९२.६८ प्रतिशतले घट्यो

    2.7K
    SHARES
    राष्ट्रिय बैंकहरूको नाफामा गिरावट, नेपाल बैंकको नाफा ९२.६८ प्रतिशतले घट्यो

    काठमाडौं। चालु आर्थिक वर्ष ९आव०को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा गिरावट आएको देखिएको छ । २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव को तेस्रो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा घटेको देखिएको हो ।



    बैंकहरूले सार्वजनिक गरेको ९ महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ वाणिज्य बैंकको नाफा घटेको छ । गत आवको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ७ वाणिज्य बैंकको मात्र नाफा बढेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । २० वटा वाणिज्य बैंकहरूको समग्रमा नाफा भने १३.४६ प्रतिशतले बढेको छ ।

    गत वर्षको तुलनामा नेपाल बैंकको नाफामा ९२.६८ प्रतिशतले गिरावट आएको छ । गत वर्ष चैतमसान्तसम्ममा नेपाल बैंकले १ अर्ब ७८ करोड २३ लाख २९ हजार नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा भने १३ करोड ५ लाख ९ हजार रुपैयाँ नाफामा सीमित भएको छ । २० वटा वाणिज्य बैंकहरूको नाफा रकममध्ये नेपाल बैंकको नाफा सबैभन्दा कम पनि हो ।

    गत वर्षको तुलनामा नाफा प्रतिशतका हिसाबले सबैभन्दा बढी कृषि विकास बैंकले र रकमको हिसाबले नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । कृषि विकास बैंकले ९ महिनाको अवधिमा २ अर्ब ५ करोड ३१ लाख ६६ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९७२२ प्रतिशतले बढी हो ।

    त्यस्तै, नबिल बैंकले चालु आवको चैतमसान्तसम्म ४ अर्ब ६६ करोड ८ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको ९ महिनाको अवधिको तुलनामा ८.७५ प्रतिशतले कम हो ।

     


    फास्ट न्युज
  • शुक्रबार, ७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट