logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • श्रीमाबि बाँसबोटेमा दलित तथा अभिभावकविहीन विद्यार्थीका लागि अक्षयकोष स्थापना

    925Shares
    श्रीमाबि बाँसबोटेमा दलित तथा अभिभावकविहीन विद्यार्थीका लागि अक्षयकोष स्थापना

    सोनाम हाङ राई,                                                               खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेमा जसमैयाँ किरात राई चाम्लिङ लाफेहँछा अक्षयकोष स्थापना गरिएको छ । भारतीय सेनाका अवकास प्राप्त जसबहादुरको निधन भएको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर आज उहाको श्रीमती मैयाँकुमारी र नाती सौहाद्र राईले अक्षयकोष स्थापनार्थ विद्यालयलाई रकम हस्तान्तरण गरेका छन्।


    स्वर्गीय जसबहादुर राईको स्मृतिमा उनका श्रीमती मैयाँकुमारी राई, छोरी रिनादेबी राई, छोरा सञ्जयकुमार राई र छोरी रबिना राईले १ लाख ११ हजार १११ रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेका हुन् । उक्त रकम विध्यालयका अक्षयकोष परिचालक समितिका संयोजक ज्ञानेन्द्र राईलाई हस्तान्तरण गरिएको थियो।
    प्राय जसो उत्कृष्ट छात्र-छात्रालाई  प्रदान गरिने पुरस्कार तथा छात्रवृत्तिको परम्परालाई नयाँपन दिदै श्रीमाबिमा अध्ययान गर्ने दलित तथा अभिभावकबिहिन छात्र-छात्रालाई वार्षिक रुपमा आउने व्याजबाट छात्रबृत्ति दिनेगरि बुवाआमाको नाममा अक्षयकोष स्थापना गरेको संस्थापक सन्जयकुमार राईले बताए।२०१६ साल साउन १६ गते जन्मिएका राईको २०८० पुस ५ गते निधन भएको थियो । ब्यवहारिक शिक्षाका अभियान्ता एवं समाजसेवी सुर्य राईको प्रमुख आतिथ्यतामा अक्षयकोष स्थापना गरिएको हो ।

    कार्यक्रममा निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, कांग्रेस खोटाङका प्रवक्ता रोजन राई, कांग्रेस महासमिति सदस्य सुमनबाबु आचार्य, व्यवस्थापन समितिका पुर्वअध्यक्ष राजेन्द्र राई  लगायतले अक्षयकोष दाताहरुलाई धन्यवाद दिदै स्व. जसबहादुर राई प्रति श्रद्धाञ्जली व्याक्त गरेका थिए। कार्यक्रममा नेपाल बिधार्थी संघका जिल्ला अध्यक्ष मोतीचन्द्र राई, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष मिलन कसजु, निवर्तमान बिव्यास अध्यक्ष राजेन्द्र राई लगायत अतिथिको रुपमा उपस्थित भएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईको सभापतित्वमा भएको कार्यक्रममा अक्षयकोष दाताको तर्फबाट रिनादेबी राई र सन्जयकुमार राईले आफ्नो धारणा राखेका थिए ।



    फास्ट न्युज    
  • २०८१ पुष ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार