काठमाण्डाै | गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्याेगमा दाेषी ठहर भएका छन् ।
न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ ।
यसअघि उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्याेगमा पाँच वर्षकाे कैद सजाय सुनाएको थियो । याे फैसलाविरुद्ध मनाङे सर्वाेच्चमा पुगेका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया