logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • रास्वपाले बैठकमा के के निर्णय गर्यो

    859Shares
    रास्वपाले बैठकमा के के निर्णय गर्यो

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिले शनिबार पाँच वटा निर्णय गरेको छ।

    पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको निष्कर्ष निकालेको छ।

    कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको छ ।

    राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने दोस्रो निर्णय गरिएको उनले बताए।

    आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने केन्द्रीय समितिको तेस्रो निर्णय छ।

    राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि रास्वपाले गरेको छ।

    त्यस्तै सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने, आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने तयारी रास्वपाको छ।
    स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई तीन दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिने चौथो निर्णय भएको कार्यवाहक प्रवक्ता झाले बताए।
    मंसिर १६ गते हुने स्थानीय तहका रिक्त ३९ पदको उपनिर्वाचनका लागि सहमहामन्त्री विपीनकुमार आचार्यको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाएको थियो।
    पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि नियमित गर्ने निर्णय भएको बताए।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट