logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

    1KShares
    पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

    पोखरा । कास्की जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले यस्तो आदेश जारी गरेको सूचना सार्वजनिक गरेका छन् ।जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११: ४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

    स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको बताइएको छ। त्यस्तै, निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने प्रशासनले बताएको छ।

    रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लागेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन सुरु गरिरहेका छन् भने सहकारी पीडितहरूले पनि पोखरामा प्रदर्शन गर्न सुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट