logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • माइतीघरमा रास्वपा कार्यकर्ताको प्रदर्शन

    871Shares
    माइतीघरमा रास्वपा कार्यकर्ताको प्रदर्शन

    काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै पार्टीका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्।

    शनिबार काठमाडौँको माइतीघरमा भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। माइतीघरबाट सुरु भएको विरोध र्‍याली बिजुलीबजार पुगेर पुनः माइतीघर फर्किएको थियो।

    रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो।

    प्रदर्शनमा सहभागीहरुले ‘सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, सरकार मर्‍यो, जनतालाई जुठो पर्‍यो’लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए। लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट