दाङ । दाङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्र्रहरीले जनाएको छ ।
घोराहीबाट थारा तर्फ जाँदै गरेको खाली टिप्पर शुक्रबार बिहान १ बजेतिर दुर्घटनामा परेको खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो दुर्घटनामा परी दाङ जिल्लाको गढवा गाउँपालिका – ७ का २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको हो । चौधरी सोहि टिपरका चालक रहेको बताइएको छ ।टिपर सडकदेखि करिब ८० मिटर तल खसेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया