logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • तरकारी केही सहज रुपमा आपूर्ति हुन थालेसँगै भाउ घट्न थाल्यो

    961Shares
    तरकारी केही सहज रुपमा आपूर्ति हुन थालेसँगै भाउ घट्न थाल्यो

    काठमाडौं ।कालीमाटी होलसेल बजारमा मंगलबार अधिकांश तरकारीको भाउ घटेको छ । दशैं र अविरल बर्षासँगै आएको बाढीपहिरोको कारण आपूर्ति नहुँदा तरकारी महँगिएको थियो । विभिन्न जिल्लाबाट आपूर्ति हुन थालेसँगै मंगलबार धेरैजसो तरकारी सस्तिएको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सानो गोलभेँडा, मुला, घिउ सिमी, टाटे सिमी, लौका, परवर, चिचिन्डो, भिण्डी, बरेला, साग लगायत तरकारी भाउ अघिल्लो दिनको तुलनामा घटेको छ । लौका १८, घिरौंला ३१, चिचिन्डो २२, परवर २३, भिण्डी १९, रायो साग १२, तोरीको साग ४१ प्रतिशत सस्तिएको छ ।
    यसैगरी गलबार ठूलो गोलभेँडा १५०, सानो गोलभेँडा ८०, रातो आलु १००, भारतीय रातो आलु ६३, प्याज ११०, स्थानीय काउली १२०, रातो मुला ४०, लाम्चो भन्टा ८०, तने बोडी ७०, मटरकोसा २५०, घिउ सिमी ६५, टाटे सिमी ८०, तिते करेला ९०, लौका ५०, परवर ७०, घिरौंला ७०, भिण्डी अधिकतम ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

    बरेला ११०, रायो साग १८०, पालुगो साग २००, तोरीको साग ९० रुपैयाँ प्रतिकिलो छ । डल्ले च्याउ ३००, कन्य च्याउ १४०, ब्रोकाउली १६० तथा कुरिलो ५५० रुपैयाँ प्रतिकिलोमा कारोवार भएको पनि समितिले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट