logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ

    859Shares
    बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ

    काठमाडौं| प्रहरीले विभिन्न रुटका बढी भाडा लिने सवारी साधनका चालक र सह-चालकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ वटा हायसका तीनजना चालक र तीन सहचालकलाई पक्राउ गरेको हो ।उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रूहरुले उजुरी गरेपछि प्रहरीले पक्राउ  गरेको जनाएको छ ।

    हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।

    पक्राउ पर्नेमा ग १ ख ४४९९ नम्बरको हाइसका चालक डम्बरबहादुर आले मगरसहित अन्य पाँचवटा हाइसका चालक र सहचालक पक्राउ परेका छन् । पहिरोको कारण देखाउँदै कालोबजारी गर्ने तथा यात्रुबाट तोकिएको भन्दाबढी भाडा लिने सवारी साधनलाई निगरानीमा राखेर पक्राउ गर्ने प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट