logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • आईसीसी विश्वकप लिग–२ मा आज नेपाल र ओमानको भिडन्त

    961Shares
    आईसीसी विश्वकप लिग–२ मा आज नेपाल र ओमानको भिडन्त

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ ।

    आठ टोली सहभागि लिग–२ मा १४ अङ्कका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अङ्कका साथ पुछारबाट दोस्रोमा छ । ६ खेलमा पाँच अङ्कसहित ओमान छैटौँ स्थानमा छ । त्रिदेशीय श्रृङ्खलामा नेपालले लगातार खराब प्रदर्शन गरिरहेको छ ।

    नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले, दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट