logo

२०८२ फाल्गुन २९ शुक्रबार

logo
  • २०८२ फाल्गुन २९ शुक्रबार
  • उपसभामुख रानामगरलाई पदमुक्त गर्ने प्रस्ताव तत्काल अघि नबढ्ने

    907Shares
    उपसभामुख रानामगरलाई पदमुक्त गर्ने प्रस्ताव तत्काल अघि नबढ्ने

    काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदीय आचरण अनुसार भूमिका निर्वाह नगरेको दाबीसहित पदमुक्त गराउने सत्ता पक्षको प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानु अघि यो प्रकरणलाई टुंगाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेले तयारी गरेका थिए । ४ असोजमा अमेरिका जाने प्रधानमन्त्री ओली ११ असोजमा फिर्नेछन् । सत्ता पक्षमा रहेको जनमत उपसभामुख रानामगरलाई हटाउन तयार नभएपछि अविश्वासको प्रस्ताव दर्ता तत्कालका लागि टरेको गठबन्धनका शीर्ष तहका नेताले जानकारी गराए ।

    उपसभामुख हटाउन पुग्ने गरी स्पष्ट दुई तिहाईको आधार नदेखिएकाले अविश्वासको प्रस्ताव ल्याउने दिन यकिन हुन नसकेको हो । सत्ता पक्ष स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि ३१ भदौबाट संसद बैठक रोक्ने तयारी छ ।

    शुक्रबारको संवैधानिक परिषद् बैठकमा उपसभामुख रानाले आफ्नो बारे चलेका चर्चाबारे प्रश्न उठाएकी थिइन् । प्रधानमन्त्री ओलीले भने अहिले बाहिर आएका कुराहरुको पछि नलाग्न आग्रह गरेका थिए ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट